बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा आजदेखि भुवा पर्व सुरु


लेखक : सुन्दराञ्चल      पुस १५, २०८१ मा प्रकाशित     
बाजुरेली सेवा समाजको आयोजनामा धनगढीमा आजदेखि भुवा पर्व सुरु

धनगढी १५ पुस : सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्व रहेको भुवा पर्व प्रदेशको कैलाली, कञ्चनपुर, बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको छ ।
हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो । बझाङ सेवा समितीका अध्यक्ष जनक बहादुर सिंहले बताए । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको जानकारी दिए ।
धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउदै आएको छ । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा शुरु भएको बावुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिन्छ ।

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap