बाजुरा रेडक्रसले संविधान दिवस अबसरमा १३ घरधुरीलाई सामाग्री बितरण गरि मनाइयो


लेखक : सुन्दराञ्चल      अशोज ३, २०८० मा प्रकाशित     
बाजुरा रेडक्रसले संविधान दिवस अबसरमा १३ घरधुरीलाई  सामाग्री बितरण गरि मनाइयो

महादेव गिरी संवाददाता

बाजुरा असोज ३, नेपाल रेडक्रस जिल्ला शाखा बाजुराले संविधान दिवस अबसरमा त्रिवेणी नगरपालिका वडा न.६ र ७ मा १३ घरधुरीलाई कपडा पाल अन्य सामाग्री बितरण गरि वडा कार्यलयमा संविधान दिवस मनाइएको छ।
आज बुधबार संविधान दिवस रेडक्रस जिल्ला शाखा बाजुराले वडा न ६ र ७ वडा कार्यलयमा मूल समारोह समिति बाजुरा रेडक्रस शाखाले संविधान दिवस भव्य रुपमा मनाएको छ। समारोहमा त्रिवेणी नगरपालिका प्रमुख प्रसासकिय अधिकृत चिरञ्जीवी शाह ,बाजुरा जिल्ला रेडक्रसका सभापति मेखराज जैशी ,त्रिवेणी नगरपालिका वडा न. ८ का वडा अध्यक्ष गगनजङ्ग बुढा कार्यपालिका सदस्य, मनोज वि.क सुरक्षाकर्मी लगायत स्थानीय संविधान दिवस कार्यक्रममा सहभागी थिए।

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको छ। सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो। त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।

No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap