महादेव गिरी
बाजुरा जेष्ठ ४ बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका मेयरका उम्मेदवार नेपाली काग्रेसका तर्फबाट कर्ण बहादुर थापा बिजयी भएका छन् । उनले ४ हजार ७६१ मत ल्यार बिजयी भएका छन् । भने, उनका प्रतिद्धन्द्धी बाम गठबन्धनका मोतिसिं बुढाले ३ हजार ५८६ मत ल्याएर पराजित भएका छन् । ९ वडा वडा रहेको नगरपालिकाको मत गणना कार्य सकिएको त्रिवेणी निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । नेपाली काग्रेसको गढ मानिने त्रिवेणीमा फेरीपनि नेपाली काग्रेसको पोल्टामा जित परेको छ । उनका प्रतिद्धद्धी बुढा भन्दा थापाले ११७५ मत अग्रता ल्ययार जित आफ्नो हातमा पारर्न सफल भएका छन्, नगरपालिकाको मत गणना मत परिणाम अनुसार नेपाली काँग्रेसका कर्णबहादुर थापा र कमला जैशी न्यौपानेले बाम गठबन्धनलाई पराजित गर्दै काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिएका छन् ।
तेस्तै उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैशी न्यौपानेंले ४ हजार ७४३ मत विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी बाम गठबन्धन तर्फमा मनराज बुढाले ३ हजार ९४ मत ल्यायर प्राजित भएका भएका छन् । नगर प्रमुखमा जितेका थापाले भने यो जित मेरो मात्र नभएर सर्मग त्रिवेणी बासीहरुको भएकाले नगरबासीलाई धन्बाद समेत दिएका छन् बाजुरा
त्रिवेणीमा नेपाली काँग्रेसले ६ वडा र बाम गठबन्धनले ३ वडा जितेको छ ।