बाजुरामा लगातारको बर्षाले बेतालमाण्डौ(खप्तड छेडेदह जोड्ने सडकखण्ड अवरुद्ध,


लेखक : सुन्दराञ्चल      साउन २१, २०८० मा प्रकाशित     
बाजुरामा लगातारको बर्षाले बेतालमाण्डौ(खप्तड छेडेदह जोड्ने सडकखण्ड अवरुद्ध,

बाजुरा साउन २१, देशभर मौसम परिर्वत भए संगै बाजुरामा लगातारको बर्षाले बेतालमाण्डौ(खप्तड छेडेदह गाउँपालिकाको केन्द्र जोड्ने सडकखण्ड अवरुद्ध भएको हो । साउन १९ गते शुक्रबार राति देखी लगातार बर्षाका कारण पहिरो गएर सडक अवरुद्ध हुदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ ।भने
बेतालमाडौ बजार तथा उपचारका लागि अछामको बयलपाटा जानका लागि स्थानीयलाई समस्या भएको छ। साथै सडकसंगै खप्तड छेडेदह ३ का विभिन्न गाउका नहरहरु समेत बगाएको छ। बर्षासंगै आएको पहिरोले वडा नम्बर ३ पुडावालामा करिब २० लाखभन्दा बढिको लागतमा भर्खरै निर्माण गरिएको नहर क्षेदविक्षेद भएको स्थानीयले बताए ।
गएको आर्थिक बर्षमै निर्माण सम्पन्न भएको नहर एकै राति परेको लगातार बर्षाका कारण आएको पहिरोले बगाएर लगेको बताए। त्यस्तै बेतालमाडौ हुदै खप्तड छेडेदह गाउँपालिकाको केन्द्र जोड्ने सडक खण्डको मालझुली बजार नजिकै पल्टेढ्ङगामा माथिबाट आएको पहिरोले अबरुद्ध गरेको स्थानिय गोपाल बुढाको जानकारी दिए ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap