बाजुरामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु…


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०८१ मा प्रकाशित     
बाजुरामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु…

बाजुरा,चैत्र १८। बाजुरामा बाघले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुरतोला वस्ने दिल्लीबहादुर रावतको छोरा ८ वर्षीय बिजय रावतको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएकोछ।

बालकलाई सोही ठाउँको सेली घरदेखि अन्दाजी २ किलोमिटर टाढा रहेको छानो(गोठ)को आगनमा रहेको पानीधारामा बाघले आक्रमण गरी छानोदेखि अन्दाजी १५० मिटर टाढा बालकलाई छोडी बाघ भागेको र बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap