बाजुराको साँफे–मार्तडी जोड्ने राजमार्ग भारी बर्षाका कारण पहिरो आएपछि राजमार्ग अवरुद्ध


लेखक : सुन्दराञ्चल      साउन २९, २०८० मा प्रकाशित     
बाजुराको साँफे–मार्तडी जोड्ने राजमार्ग  भारी बर्षाका कारण पहिरो आएपछि राजमार्ग अवरुद्ध

धनगढी साउन २९, बाजुरा जिल्लाको मुख्य राजमार्गका रुपमा रहेको साँफे–मार्तडी जोड्ने राजमार्ग आइतबार राति भारी बर्षाका कारण पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो ।
लगातारको भारी वर्षाका कारण उक्त राजमार्गको अम्कोटमा पहिरो आएपछि सोमबार विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिए ।

बाजुरको मुख्य सडकका रुपमा रहेको उक्त राजमार्गमा अम्कोट माथिबाट आएको पहिरोका कारण करिव पाँच सय मिटर लामो पहिरो खसेपछि उक्क्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक कविन्द्रसिं बोहराले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार राजमार्गमा संचालन हुदै आएका लामो र छोटो दुरीका सवारी साधन ठप्प भएको बताएका छन् । अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आउन पानी रोकिएपछि मात्र खोल्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap