बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ,


लेखक : सुन्दराञ्चल      पुस ८, २०८० मा प्रकाशित     
बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ,

बाजुरा पुष ८, बाजुराको मार्तडी देखि कोल्टी सम्मको सडक निर्माण कार्यमा ढिलाइ भएको छ । जिम्मा लिएका दुई वटा ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको हो ।

तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको बुढीनन्दा नगरपालिका स्थानीय प्रेम रोकायाले बताए। उनले भने, ‘अहिले यहाँका स्थानीयलाई बर्खाको समय पानी पर्दा तथा हिउँदको समय हिमपात हुँदा आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।’
यता बर्खाको समय अविरल बर्सातका कारण बाटो बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएकोले तोकिएको समयमा सडक निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले बताएका छन् । मार्तडी– कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनीया कोटेश्वर जे।बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्क देखि चुथीको झन्डै ९ किलोमिटर सडक कालोपत्रे गर्न २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथी देखि डम्कने झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर सडक बाँनीया कोटेश्वर जे।बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका छन् ।

मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २३ करोड भन्दा बढी पहिलो किस्ता भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताए। मार्तडी कोल्टी सडक निर्माण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणका लागि पत्राचार गरेको जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap