बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षीय पानसराले गहुँगडामै जन्माइन छोरी


लेखक : सुन्दराञ्चल      मंसिर २०, २०८० मा प्रकाशित     
बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षीय पानसराले गहुँगडामै जन्माइन छोरी

 मंसिर २० बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षीय पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिइन् । यो भन्दा पहिलाका दुइवटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकि थिईन् ।

सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले वताएकी छन् । धर्माले भनिन्, आफु स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाइ सहयोग गरेको वताईन् ।

पानसरालाइ अत्याधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको धर्माले वताईन् । उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले वताएका छन् । उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्माएकि छन् ।

बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ बर्षीय उज्जलीले सुनार बाटोमै छोरी जन्माएकि छन् । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षीय भाँग्य चदारा बाटोमा बच्चा जन्माएकि थिइन् । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।

स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षीय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap