बाख्रा पोखरीमा फाल्ने जात्रा मनाइयो


लेखक : सुन्दराञ्चल      भदौ १६, २०८० मा प्रकाशित     
बाख्रा पोखरीमा फाल्ने जात्रा  मनाइयो

१६ भदौ ,ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा शनिबार मनाइएको छ।  हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन यो पर्व मनाउने गरिएको छ। प्राचीनकालदेखि नै यो जात्राको प्रारम्भ भएको बताइएको छ।

प्राचीनकालमा पोखरीको वरिपरि रहेको जिउँदै प्राणी आजकै दिन हराउने गरेकाले त्यसलाई निरन्तरता स्वरूप यो पर्व मनाउँदै आएको स्थानीयवासीले बताएका छन्। जिउँदो कुमारीपाठीलाई पोखरीमा फालेर बाहिर आउन नदिई मार्ने चलन भएको स्थानीयको भनाइ छ।

बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ। उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउँछन्।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap