वैशाख २७,कुनै पनि दम्पतीले कम्तीमा एक वर्षसम्म नियमितरूपमा गर्भनिरोधका कुनै पनि साधन प्रयोग नगरेर यौनसम्पर्क गर्दा समेत गर्भधारण गर्न सकेनन भने त्यो अवस्थालाई बाँझोपन भनिन्छ। महिलाको उमेर ३५ वर्ष नाघेको हकमा भने सँगै भएको १ वर्ष नभनि ६ महिनासम्मको अवधिलाई लिने गरिन्छ। विश्वमा यसको व्यापकता करिब ३(७ प्रतिशत रहेको छ र विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा लाखौँ दम्पतीलाई बाँझोपनले असर पारेको देखिन्छ। जसले प्रत्यक्ष असर उनिहरुको घरपरिवारमा र सिंगो समुदायमा पारेको छ। बाँझोपनले ज्यानलाई सिधै खतरा नभएकाले यसलाई स्वास्थ्य समस्याको रूपमा लिएको पाइदैन तर यसले निम्त्याउने परिणामहरूलाई भने नजरअन्दाज गर्न नसकिने अवस्था छ।
किन हुन्छ बाँझोपनरु जिम्मेवार को तरु
विभिन्न अध्ययन अनुशन्धानका अनुसार बाँझोपन गराउने थुप्रै कारणहरु छन्, त्यो चाहे महिलाको होस या पुरुषको प्रजनन् प्रणालीमा भएको समस्या। लगभग ४०(५० प्रतिशत जस्तो बाँझोपन महिलामा हुने खराबीका कारण हुन्छ, ३०– ४० प्रतिशत बाँझोपन पुरुषमा हुने खराबीले गर्दा हुन्छ, १० प्रतिशत भने महिला र पुरुष दुवैमा भएको खराबीले हुन्छ र बाँकी १० प्रतिशत भने अस्पष्टताका कारणले गर्दा हुन्छ, जसमा कुनै कारणहरु नै थाहा हुँदैनन्।
महिलामा बाँझोपन हुने कारणहरु ९४० – ५० प्रतिशत
महिलाको प्रजनन प्रणालीको विभिन्न अंगमा भएका समस्या डिम्बबाहिनी नली ९फालोपिन ट्यूब०मा हुने खराबी जस्तै डिम्ब नलीमा हुने अवरोध, विभिन्न यौनरोगको कारणले हुने ट्यूबल रोग, पाठेघरमा हुने समस्या जस्तैस् मासु पलाएको, पाठेघरको बनावटमै समस्या, डिम्वाशयमा भएको खराबी जस्तैस् पोलिसिस्टिक ओभरियन सिन्ड्रोम, फोलिकुलर डिसअर्डर, इन्ड्रोक्राइन प्रणालीमा भएको समस्या मुख्यतः हाइपोथालामस र पिट्यूटरी ग्लान्डमा हुने समस्या लगाएत कारणले महिलामा बाँझोपन हुन सक्छ।
पुरुषमा हुने कारणहरु ९३० – ४० प्रतिशत
पुरुषमा प्रायःजसो शुक्रकिटमा हुने समस्याका कारण बाँझोपन हुने गर्दछ। मुख्यगरी शुक्रकिटको संख्यामा कमि हुनु नै प्रमुख कारण हो। त्यस्तै शुक्रकिटको चलायमान र यसको आकारप्रकार तथा बनावटले पनि गर्भाधानमा महत्वपूर्ण भूमिका खेल्दछन। अण्डकोसले प्रयाप्त मात्रामा शुक्रकिट उत्पादन गर्न नसक्ने अवस्थाहरू जस्तैस् टेस्टिकुलर फेलियर, भेरिकोसेल्स, केमोथेरापी मेडिकेसन। यस्तै हर्मोनल डिसअर्डर जसले गर्दा हाइपोथालामस, पिट्यूटरी ग्लान्ड एन्ड टेस्टिकल्समा हुने समस्या लगाएत कारणले बाँझोपन हुन सक्छ।
महिला र पुरुष दुबैमा बाँझोपनको जोखिम बढाउने कारणहरु
पुरुषमा भन्दा महिलामा जति उमेर बढ्दै जान्छ त्यति नै गर्भाधान गर्न कठिन हुन्छ। धूम्रपान तथा मध्यपानले गर्दा पनि बच्चा बस्नलाई समस्या आउन सक्छ। अत्यधिक मात्रामा हुने मोटोपनले पनि बच्चा बस्नलाई समस्या आउन सक्छ।
धेरै अथवा निकै थोरै मात्रामा गरिने शारीरिक व्यायामले बच्चा बस्नलाई समस्या आउन सक्छ। साथै विभित्र खालका यौनरोग र त्यसले निम्त्याउने जटिलताहरूले च्चा बस्नलाई समस्या आउन सक्छ। यसैगरी मानसिक तनाव,किटनासक औषधि तथा रसायन सँगको निरन्तर सम्पर्क, विकिरण सँगको थेरापी तथा सम्पर्कले पनि बाँझोपनको जोखिम बढाइरहेको देखिन्छ।
आज भोलिको मान्छेको जिवनशैली, खानपान, उनीहरुको दैनिकी, विवाह गर्नमा ढिलाई यस्ता विभिन्न कारणहरूले पनि बाँझोपनको जोखिम बढाईरहेको देखिन्छ।
प्रजनन सफल हुन अर्थात गर्भधारण गर्न महिला र पुरुष दुवै जनाको प्रजनन अंगहरूको शारीरिक वृद्धि विकास अनि ती अंगहरुको काम गर्ने क्षमता सामान्य हुनुपर्दछ। र अर्को कुरा यो सबै सामान्य भएको अवस्थामा प्रजनन उमेर समूहको दम्पती कम्तिमा एक वर्ष सँगै रही गर्भनिरोधका केही साधन प्रयोग नगरेर असुरक्षित तरिकाले यौनसम्पर्क गर्नु जरुरी छ। कम्तिमा एक वर्षको निरन्तर प्रयासमा पनि बच्चा बसेन भने समयमै सम्बन्धित चिकित्सककोमा गई सल्लाह लिन उचित हुन्छ।स्वाथ्य खबर