फागुन ६ बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनी सधैं आफ्नो हटनेसका कारण चर्चामा आउँछिन् । तर, यसपटक उनी हटनेस नभई ठगीको सिकार बनेको समाचारले चर्चामा छिन् ।
भारतमा अनलाइनका माध्यमबाट ठगी गर्ने चलन बढिरहेको बेला यी अभिनेत्री पनि यसबाट पीडित बनिन् ।
अभिनेत्रीले आफ्नो प्यान कार्डको प्रयोग गरेर कसैले ऋण लिएको दाबी गरेकी छन् । उनले ट्विटरमा ट्विट गर्दै यो कुराको जानकारी दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘मेरो प्यान कार्डको प्रयोग गरेर धनी एपबाट ऋण लिएको पाइएको छ । यो ऋणको रकम दुई हजार रुपैंयाँ छ । जसकारण मेरो सिबिल स्कोर कम भएको छ ।’
उनले ट्विटरमा धनी एपको व्यवस्थापन हेर्ने इन्डिया बुल्स होम लोन र इण्डिया बुल्स सेक्युरिटीलाई पनि ट्याग गरेकी छन् । एजेन्सी