धनगढी साउन २५, सोमबार आएको अभिरल बर्षाका कारण भीमदत्त राजमार्गको बुढीतोला सडक खण्ड अभिरल वर्षाका कारण तीनदेखि पहिरो र सडक भासिदा धनगढी,डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग बुढीतोला सडक अवरुद्ध भएको हो । उक्त भीमदत्त राजमार्गको बुढीतोला सडक आज साँझसम्म सुचारु हुने सम्भावना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
उनका अनुसार आज साँझसम्म अस्थायी रुपमा सिंगल ट्रयाक खुल्ने सम्भावना भएको प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए । भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला खण्डमा सडक भासिनुका साथै निरन्तरमा रुपमा पहिरो जाने क्रम जारी रहेका कारण यातायात सुचारु गर्न कठिनाई भएको उपरीक्षक कुलदिप चन्दले बताए ।
प्रहरीका अनुसार वर्षाका कारण बुधवार साँझ मर्मत संभार र पहिरो हटाउने कार्य रोकिएको थियो । आज बिहानदेखि सडक खुलाउने प्रयास पुनः थालिएको हो । यद्दपि माथिबाट लेदो सहित भूस्खलन हुने क्रम नरोकिएका कारण मर्मत संभार र पहिरो हटाउन समस्या भएको छ ।
पहिरो हटाउन तथा मर्मत संभारका लागि सडक बिभागले सडकको दुबै भागबाट तीनदेखि काम गरिरहेको छ । बाटो खुलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत खटिएको छ ।
अबरुद्ध सडकका दुबै तिर सवारी साधनहरु अलपत्र परेका छन् । तराईबाट पहाड जाने कतिपय यात्रुहरु जोखिम मोलेर बुढीतोलासम्म गाडीमा जाने र त्यहाँबाट सडक भासिएको क्षेत्र हिडेर पार गर्ने गरेका छन् । त्यस्तै पहाडी जिल्लाबाट आउने यात्रुहरु पनि जोखिम मोलेर पहिरो छिचोलेर आउने गरेका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पहिरोमा फसेका बालबालिका, बिरामी, र ज्येष्ठ नागरिकहरुलाई बोकेर उद्दार गर्ने गरेको छ ।