बन्द रहेको तुलसीपुर विद्युतको ताला खोलियो ,


लेखक : सुन्दराञ्चल      असार ५, २०७९ मा प्रकाशित     
बन्द रहेको तुलसीपुर विद्युतको ताला खोलियो ,

तुलसीपुर ०५ असार, बिहान साढे १० बजेदेखि बन्द रहेको तुलसीपुर विद्युतको ताला खोलिएको छ । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले आज बिहान तालावन्दी गरेका थिए ।

आगामी दिनमा विद्युत कटौती जति सक्दो न्युन गर्ने सहमति भएपछि कार्यालयको ताला खोलिएको स्थानीय युवा बसन्त गिरीले बताउनुभयो । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर र्फसालले आगामी दिनमा प्राकृतिक समस्या बाहेक अन्य समयमा लाईन कटौती न्युन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो ।

पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएको भन्दै आज विहान तुलसीपुरका युवाहरुले विद्युत कार्यालयमा ताला लगाएका हुन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap