बझाङ माओवादीमा विवाद, समानान्तर नेतृत्व चयन


लेखक : सुन्दराञ्चल      अशोज १५, २०८१ मा प्रकाशित     
बझाङ माओवादीमा विवाद, समानान्तर नेतृत्व चयन

बझाङ १५ असोज। नेकपा माओवादी केन्द्र बझाङमा नेतृत्व चयनका विषयमा विवाद भएको छ ।

नेतृत्व चयन गर्दा विस्तृत छलफल र बहस नगरेको भन्दै केही प्रदेश कमिटी सदस्यहरूले अध्यक्ष र सचिव घोषणा गरेका छन् । मूल नेतृत्वबाटै गैर जिम्मेवारी काम हुन थालेपछि यसको विरुद्ध समानान्तर कमिटी गठन गरिएको उनीहरुले बताएका छन् ।नन्दलाल धामीको संयोजक र अम्मरराज भण्डारी सचिव रहने गरी समानान्तर कमिटी गठन गरिएको हो ।

प्रदेश पदाधिकारी बैठकले बझाङको संयोजकमा रतन सिंहलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । एक पदमा एक जनामात्र रहने पार्टी निर्णय हो तर बझाङमा यस विपरीत काम हुन थालेपछि विरोधमा उत्रिएको  धनगढीमा आयोजित पत्रकार सम्मेलनमा समान्तर कमिटीका संयोजक नन्दलाल धामीले बताए । जनप्रतिनिधिलाई जनप्रतिनिधिकै रुपमा रहने दिने, उनीहरूलाई सरकारी काममै सहयोग गर्ने र पार्टीको कुनै जिम्मेवारीमा नराख्ने निर्णय थियो ।

तर, पार्टी नेतृत्वले नीति अनुसार काम नगरेको विद्रोह गर्नु परेको समान्तर कमिटी सचिव अम्मरराज भण्डारीले बताए । एक व्यक्तिलाई एउटा मात्र जिम्मेवारी दिने अर्थात् एक पदमा एकजना मात्र रहने भन्ने जुन पार्टीको निर्णय थियो त्यस विपरीत माओवादी केन्द्र प्रदेश कार्यालयबाटै यस्तो काम हुन थालेपछि त्यसको विरुद्ध आवाज उठाउनु परेको गठित समान्तर कमिटीको दाबी छ ।

बझाङको छबिस–पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, थलारा, तलकोट, मष्टा लगायत नेकपा माओवादी केन्द्र पालिका इन्चार्जहरूले पत्रकार सम्मेलन गरेर जिल्लामा नेतृत्वबाट गुटबन्दी गरेको भन्दै त्यसको विरोधमा समानान्तर अध्यक्ष र सचिव घोषणा गरिएको उनीहरुले बताएका थिए । उनीहरुले माग सम्बोधन नभए थप तल्लो तह सम्म कमिटी बिस्तार गर्ने बताएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap