कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय


लेखक : सुन्दराञ्चल      चैत्र २०, २०७९ मा प्रकाशित     
कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय

२० चैत,  कच्चा तेलको मूल्यमा भइरहेको गिरावट रोक्ने उद्देश्यले ओपेक देशहरुले उत्पादन कटौती गर्ने निर्णय गरेका छन् ।

बीबीसीका अनुसार साउदी अरबसहित तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक)ले प्रतिदिन ११ लाख ब्यारेलभन्दा बढी तेल उत्पादन घटाउने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा स्थीरता ल्याउन उत्पादन कटौती गर्ने निर्णय गरिएको उनीहरुको भनाइ छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यसअघि तेल उत्पादक देशहरुको संगठन ओपेकले २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने अनुमान गरिएको थियो । तर ओपेक देशका मन्त्रीहरुको भर्चुअल बैठकमा प्रतिदिन ११.५० लाख ब्यारेल तेल उत्पादन घटाउने सहमति बनेको बीबीसीमा उल्लेख छ । भर्चुअल बैठकमा साउदी अरब र रुसका मन्त्रीहरु पनि सहभागी थिए ।

साउदी प्रेस एजेन्सीका अनुसार साउदी अरबले मे २०२३ देखि यस वर्षको अन्तिमसम्ममा कच्चा तेलको उत्पादनमा हरेक दिन पाँच लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्नेछ ।

यसैगरी रुसले पनि प्रतिदिन पाँच लाख ब्यारेल, साउदी अरबले १ लाख ४४ हजार ब्यारेल र ओमानले ४० हजार ब्यारेल तेल उत्पादन कटौती गर्नेछन् ।

सिलिकन भ्याली बैंक र क्रेडिट सुइस बैंकको वित्तीय संकटका कारण वित्त बजारमा उथलपुथल आएसँगै कच्चा तेलको माग पनि घटेको थियो । माग घटेसँगै मूल्य पनि प्रतिब्यारेल ७५ डलरमा झरेको थियो । यद्यपि केही दिनयता स्थिति सुध्रिएको छ र कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap