बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      पुस १९, २०८१ मा प्रकाशित     
बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङ पुस १९ ,बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ८ बजे तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको से१ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनीदेवी धामी र मृतक बमबहादुरकी छोरी पाँच वर्षीया आकृति धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिनुभयो ।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यस्तै शुक्रबार राति नै करिब ९ बजे मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सुपप्र-०१-००१ज १३९८ नम्बरको जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटनामा पर्दा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक जयबहादुर डाँगाले बताउनुभयो

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap