बझाङको भूकम्प प्रभावित क्षेत्र पुगे सभापति रवि लामिछाने


लेखक : सुन्दराञ्चल      अशोज १८, २०८० मा प्रकाशित     
बझाङको भूकम्प प्रभावित क्षेत्र पुगे सभापति रवि लामिछाने

 बझाङ  आश्विन १८ ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूकम्प प्रभावित बझाङको जयपुथ्वी नगरपालिका पुगेका छन्। बुधबार राति जयपृथ्वी पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्। ‘भूकम्प प्रभावित बझाङलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो छ,’ उनले भने, ‘म हिजै राति भूकम्प प्रभावितहरू राखिएका केही कभर्ड हलमा पुगें। यहाँको अवस्था एकदमै नाजुक छ। निरन्तर परकम्प गइरहेकाले उहाँहरू त्रासमा हुनुहुन्छ।’

उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताए। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताए। ‘यत्ति नै क्षति काठमाडौंमा भएको भए सबैको ध्यान तान्थ्यो। बझाङमा सहायता पुगेको छैन। सुदूरपश्चिमकै ठूलो जिल्ला भएकाले सबैतिर म पनि पुग्न भ्याएको छैन। जहाँजहाँ पुगें, बस्न मिल्ने घर एउटै छैन। सबै चर्किएका छन्। परकम्प गइरहेको छ,’ उनले भने।

सभापति लामिछानेले ४० वटा टेन्ट र केही राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको बताए। ‘स्लुक–कलेज चर्किएका छन्। स्वास्थ्य संस्था र प्रहरी चौकीसमेत चर्किएको देखें। सीमित स्रोत र साधनका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यसमा ध्यान पुगोस्।’ सभापति लामिछानेले प्रहरीसँग सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरू पनि नभएको बताए।

बझाङका जयपृथ्वी नगरपालिका, मष्टा, थलारा र खप्तडछान्ना गाउँपालिका भूकम्पबाट बढी प्रभावित छन्। मंगलबार बझाङमा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको र सय जना घाइते भएको मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले जानकारी दिए।

त्रिपाल, कम्बल लगायतको अभावमा प्रभावितहरूलाई वैकल्पिक बासस्थानको प्रबन्ध गर्न नसकिएको उनले बताए। गाउँपालिकाका ८० प्रतिशत घरहरू चर्किएका छन् भने १० प्रतिशतभन्दा बढी बस्नै नमिल्ने भएको बोहोराले बताए। ‘मष्टा गाउँपालिका नै सबैभन्दा बढी प्रभावित हो। यहाँ ७० जना घाइते छन्। दुई जना गम्भीर घाइते भएकाले उनीहरूको उपचार भइरहेको छ,’ उनले भने, ‘यहाँ तत्काल त्रिपाल, कम्बललगायतका सामग्रीको जरूरत छ।’

No description available.

प्रदेश सरकारले घाइतेहरूको निस्शुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ। ‘हामीसँग स्रोत–साधन नभएकाले उद्धार गर्न पनि कठिनाइ भइरहेको छ। परकम्प गइरहेको र घरभित्र बस्न सक्ने अवस्था नरहेकाले कम्तिमा तीन महिनासम्म प्रभावितलाई वैकिल्पक बासस्थापनको प्रबन्ध गर्नुपर्ने छ,’ उनले भने। मष्टा गाउँपालिकाभित्र रहेका अधिकांश स्कुल चर्किएकाले खुला आकाशमुनि पठनपाठन गर्नुपर्ने अवस्था रहेको बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap