बच्चा किन रुन्छन् ?


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७९ मा प्रकाशित     
बच्चा किन रुन्छन् ?

 फागुन १० , बच्चा रुनासाथ हामी फकाउन हतारिन्छौं । बोकेर डुलाउने हो कि, मोबाइल खेलाउन दिने हो, उसलाई शान्त बनाउन जे पनि गरिदिन्छौं । किनभने बच्चा रोएको हामीलाई निको लाग्दैन ।

जब बच्चा रुन्छ, उसप्रति हाम्रो सहानुभूति पोखिन्छ । हामीलाई झर्को लाग्छ । हामीलाई अशान्ति भएझैं लाग्छ । अनि त जसरी हुन्छ, उनीहरुलाई फकाइफुल्याइ गर्नतर्फ लाग्छौं । तर बालबच्चाप्रति अभिभावकले दिने यस्तो सहानुभूति ‘ठीक नहुने’ मनोविद्हरु सुझाउँछन् ।

मनोविद् सन्देश ढकाल भन्छन्, ‘बच्चा रुनासाथ फकाउन थालियो भने त्यसले उनीहरुमा खराब प्रवृत्तिको विकास गर्छ ।’

बच्चा किन रुन्छन् ?

एउटा तथ्यांकअनुसार शिशु तथा बालबच्चा दिनमा एकाध घण्टा रोएकै हुन्छन् । जतिबेला उनीहरु बोलेर सबै कुरा व्यक्त वा विरोध गर्न सक्दैनन्, त्यसबेला उनीहरुले रुने गर्छन् । रुनुमा पनि अनेक कारण हुन्छ ।

१. कुनै साह्रो-गाह्रो वा बिरामी भएर

२. बसाइ, सुताइ असजिलो भएर

३. भोक वा निद्रा लागेर

४. कुनै कुरामा विरोध जनाउन वा घुर्की लगाउन

५. आमाबुवाको ध्यान आफूतिर तान्न

६. आफ्नो माग पूरा गर्न

उल्लेखित शीर्ष तीन कारणले बालबच्चा रोएको छ भने बुवाआमाले ख्याल गर्नुपर्ने हुन्छ । बच्चालाई दुःख बिमार भएको, असजिलो भएको, भोक-निद्रा लागेको स्थितिमा आमाबुवाले त्यसको समाधान खोज्नुपर्छ । तर राम्ररी बोल्न नसक्ने शिशुहरुले मात्र यसरी आफ्नो समस्या रोएर व्यक्त गर्छन् ।

त्यसबाहेक पनि बालबच्चाहरु अनेक कारणले रुने गर्छन्, कहिले मोबाइल खेल्न नपाएर त कहिले चीजबल खान नपाएर । बालबच्चा रुनु एक सामान्य र स्वभाविक प्रक्रिया हो । तर जब बच्चा अनावश्यक कुराले रोएका छन् र उनीहरुलाई हामी फकाइफुल्याइ गर्न थाल्छौं भने त्यो गलत हुने मनोविद् ढकाल बताउँछन् ।

रुन दिनुहोस्

मनोचिकित्सक बासु कार्कीका अनुसार रुनु बच्चाहरुको अभिव्यक्तिको भाषा मात्र नभई थेरापी पनि हो । जब बच्चा रुन्छन् उनीहरुलाई त्यसले भावनात्मक र शारीरिक रुपमै फाइदा गर्छ । रुँदा एक किसिमले मान्छेको मनोविकार पखालिन्छ । निस्फिक्री रोएपछि मान्छेको मन चंगा हुन्छ ।

बच्चाहरु कुनै कुरा मागेर वा घुर्की लगाएर रुने गर्छन् वा उनीहरुले आफ्नो इच्छापूर्तिका लागि बुवाआमालाई दबाब दिन पनि रुने गर्छन् । यस्तो स्थितिमा उनीहरुलाई रुन छाडियो भने आफूले निश्चित समय रोएर थाक्छन् । त्यसपछि आफैं फकिन्छन् । यसले उनीहरुलाई मूलतः दुई कुरामा प्रत्यक्ष फाइदा हुने मनोचिकित्सक बताउँछन् ।

एक, घुर्की लगाएर हरेक कुरा प्राप्त हुँदैन भन्ने मनोविज्ञान विकास हुन्छ । दुई, आफूले आफैंलाई सम्झाउने वा आश्वस्त तुल्याउने बानीको विकास हुन्छ ।

मनोचिकित्सक कार्की भन्छन्, ‘जब रोएर आफैं फकिन्छन्, तब उनीहरु भावनात्मक रुपमा बलियो पनि हुन थाल्छन् । सानोतिनो कुरामा चित्त दुखाउने, रुने, दुःखी हुने बानी हट्दै जान्छ ।’ त्यसैगरी रुँदा मांसपेशीको व्यायाम हुने उनी बताउँछन् ।

खासगरी अनावश्यक कुरामा बालबच्चा रोएका छन् भने उनीहरुलाई रुन नै छाडिदिनुपर्ने मनोचिकित्सक कार्कीको सुझाव छ ।

तर ख्याल गर्नुपर्ने कुरा

त्यसो त मनमा गुम्सिएको कुरालाई प्रकट गर्ने सही मेलो नहुँदा पनि बच्चाहरु रुने गर्छन् । जस्तो उनीहरुले विद्यालयमा सास्ती भोगिरहेका हुन सक्छन्, साथीभाइले दुःख दिइरहेको हुन सक्छ, परिवारमा कुनै समस्या भएको हुन सक्छ । यस्ता विविध कारण हुन सक्छ, जहाँ उनीहरुले खुलेर आफ्नो कुरा भन्न सक्दैनन् वा जान्दैनन् ।

यस्तो स्थितिमा बालबच्चाले आफ्नो कुरा रोएर प्रकट गर्छन् । ‘कुनै माग नराखी वा घुर्की नलगाई पनि रोइरहेको छ भने त्यसको कारण खोज्नैपर्छ,’ मनोचिकित्सक कार्की भन्छन्, ‘त्यसबेला उनीहरुलाई अभिभावकको साथ र सहयोगको खाँचो हुन्छ । जब अभिभावकले बेवास्ता गरिदिन्छन् उनीहरु भावनात्मक रुपले थप कमजोर र असुरक्षित महसुस गर्न थाल्छन् ।’

यावत् स्थितिमा बच्चा रोएको छ भने उनीहरुको समस्या पहिचान गर्ने, माया र स्पर्श जरुरी हुन्छ ।

जब बच्चा घुर्की लगाउन वा विरोध जनाउन रुने गर्छन्

बच्चालाई जे चाहिएको छ, त्यसमा अभिभावकले चासो राख्नुपर्छ । तर बच्चाहरुले जे चाहेको छ, त्यो पूरा गरिदिनु जरुरी छैन । किनभने बच्चालाई थाहा हुँदैन कि आफ्नो पारिवारिक स्थिति के छ, आफूले मागेको कुरा उचित छ वा छैन, आफूले खोजेको कुरा पाइन्छ वा पाइँदैन ?

जबकि बच्चाहरु मनमा जे आउँछ, त्यही कुरा चाहेर वा मागेर पनि रुन सक्छन् । नुहाउन नमानेर, विद्यालय जान नमानेर, सागसब्जी खान नमानेर पनि बच्चा रुन्छन् । यसैगरी बालबच्चाले खानेकुरा, खेलौना मागेर रुने गर्छन् । यसरी कुनै कुरा मागेर वा घुर्की लगाएर रोएको छ भने उनीहरुलाई फकाउन नहुने मनोचिकित्सकको भनाइ छ ।

‘जतिबेला बच्चा रुन्छन् उनीहरुलाई फकाउन थालियो भने त्यसले उनीहरुमा गलत मनोविज्ञान विकास हुन्छ,’ मनोचिकित्सक कार्की भन्छन्, ‘जसले गर्दा पछि उनीहरु जिद्दी, कुरा नबुझ्ने, अटेरी हुन पुग्छन् ।’

रुँदा फाइदा पनि

बालबच्चा रुँदा उनीहरुलाई केही कुरामा लाभ पुग्ने देखिन्छ । एक त उनीहरु भावनात्मक रुपमा बलियो र समझदार हुँदै जान्छन् भने यसले उनीहरुको श्वासप्रश्वास प्रक्रियामा पनि सहयोग गर्ने बताइन्छ ।

रुवाइले मन सफा गर्छ

मनमा अनेक कुरा गुम्सिएको हुन्छ । कुण्ठा, दुःख, गुनासो रहेको हुन्छ । जब बालबच्चा निर्धक्क रुन्छन्, उनीहरुको मनोविकार पनि पखालिन्छ । रुनु भनेको तनाव, गुनासोलाई हटाउनु पनि हो ।

श्वासप्रश्वासमा सहयोग

गर्भबाट जन्मनासाथ बच्चा रुन्छन् । यदि रोएन भने चिकित्सकले रुवाउनुपर्ने हुन्छ । गर्भमा छँदा बच्चाले आफ्नो नाभीबाट अक्सिजन लिइरहेका हुन्छन् । तर जन्मिएपछि फरक हुने भएकाले उनीहरु रुन जरुरी हुन्छ । यसरी रुँदा वाहिरी वातावरणसँग उनीहरुले आफ्नो श्वासप्रश्वासलाई अनुकूल बनाउँछन् । यसले बच्चाको फोक्सो, नाक, मुखमा रहेको कुनैपनि अतिरिक्त तरल पदार्थ हटाउन पनि सहयोग गर्छ ।

बच्चालाई सुत्न सहज

रुँदा एक हिसाबले बच्चाको शारीरिक व्यायाम पनि हुन्छ । धेरै समयसम्म रोएको बच्चा राम्ररी वा गहिरो निद्रा लिन सक्छन् । एक अध्ययनअनुसार सुत्नुअघि बेस्सरी रोएको बच्चा राति राम्ररी निदाउँछन् ।

आराम मिल्छ

रोएपछि मन हल्का हुन्छ । एक अध्ययनअनुसार आँसुले प्यारासिम्प्याथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ, जसले शरीरलाई आराम दिलाउँछ ।

दुखाइ कम हुन्छ

लामो समयसम्म रुँदा शरीरमा अक्सिटोसिन र एन्डोर्फिन हर्मोन स्राव हुन्छ । यसले शारीरिक र भावनात्मक पीडा दुवैलाई कम गर्न मद्दत गर्न सक्छ ।

मुड सुधार्छ

रुँदा छिटोछिटो श्वास लिइन्छ । चिसो हावामा श्वासले मस्तिष्कको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्दछ, जसले मुड सुधार्दै लैजान्छ ।  मनिषा थापा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap