बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी


लेखक : सुन्दराञ्चल      चैत्र २१, २०७९ मा प्रकाशित     
बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी

२१ चैत । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली समेत खटाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार केही ब्यापारीहरुले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानतर्फ गएको देखिए पनि केहीले आफ्ना सामान जोगाउन नसकेको समाचारमा उल्लेख छ ।

बंगबजार बिभिन्न खालका कपडा पाइने बजारको रुपमा परिचित छ । त्यहाँ आगो लाग्नुको कारण खुलेको छैन । आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए/नभएको पनि एकीन छैन ।

आगो निभाउनका लागि बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएको छ । बंगबजार हुँदै हाईकोर्ट चोकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएको छ । साथै गुलिस्तानदेखि उत्तर दक्षिणको सडक पनि बन्द छ । ढाका मेडिकल कलेज अस्पताल नजिकको फ्लाइ ओभरमा पनि यातायातका साधन सन्चालनमा रोक लगाइएको छ ।  समाचार एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap