फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ


लेखक : सुन्दराञ्चल      चैत्र १०, २०७८ मा प्रकाशित     
फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ

१० चैत, फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलअन्तर्गत आज नेपालले थाइल्याण्डविरुद्ध खेल्दैछ । खेल थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । नेपाल तेस्रो चरणको लागि समूह ‘ए’ मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।

यता, थाइल्याण्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रूपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रनेछ ।

हाल थाइल्याण्ड फिफा वरीयताको ११२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् ।

मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढी खेलाडी थाइल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।

स्ट्राइकर विमल घर्ती मगर, मनिष डाँगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाललगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् ।

उनीहरूको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नवीन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् । थाइल्याण्डपछि नेपालले त्यहाँको शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ चैतमा खेल्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap