फागुन महिनामा हुने त्रिविका स्थगित परीक्षाहरु..


लेखक : सुन्दराञ्चल      माघ १७, २०७८ मा प्रकाशित     
फागुन महिनामा हुने त्रिविका स्थगित परीक्षाहरु..

काठमाडौं माघ १७, कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो ।
‘स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्छौं,’ त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बैठकपछि भने ।
कोभिड संक्रमण बढेसँगै  त्रिवि, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयले बीचमै परीक्षा स्थगित गरेका  थिए ।रातोपाटी
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap