प्रेमीको कुरा काटेको निहुँमा,युवतीबीच कुटाकुट, एक जना पक्राउ


लेखक : सुन्दराञ्चल      साउन १, २०८० मा प्रकाशित     
प्रेमीको कुरा काटेको निहुँमा,युवतीबीच कुटाकुट, एक जना पक्राउ

विराटनगर १ साउन, । प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको छ ।पाँच जनाको समूहले तीन जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेको हो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका-९ कि १९ वर्षकी कृति लिम्बुलाई पक्राउ गरेको छ ।उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

सुनसरीको बराहक्षेत्र–  ९ को राजाबास (कोशी किनार) मा शुक्रबार कृतिसहित ५ जनाको टोलीले अन्य तीन जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेको थियो । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

‘प्रेमीको विषयमा कुरा काटेको निहुँमा  कुटपिट गरेको देखिन्छ’, प्रहरी नायव उपरीक्षक राईले भने, ‘एक जना पक्राउ परेकी छन्, चार जनाको खोजी गर्दैछौं, थप विषय अनुसन्धान हुँदैछ ।’

कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाई खानेहरु चिनजानकै व्यक्ति हुन् ।

‘कुटाई खाने र कुट्ने चिनजानेका साथी हुन्, कुट्ने समूहले निगार (घरेलु मदिरा) खाएर कुटेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘काम छ भन्दै कोशी किनारमा बोलाएर कुटपिट गरेका रहेछन् ।  अनलाइनखबर’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap