प्राप्त उपलब्धि जोगाउन सकारात्मक सोच आवश्यक : प्रकाशमान सिंह


लेखक : सुन्दराञ्चल      साउन ३२, २०८१ मा प्रकाशित     
प्राप्त उपलब्धि जोगाउन सकारात्मक सोच आवश्यक : प्रकाशमान सिंह

३२ साउन, काठमाडौं, उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै प्राप्त उपलब्धि जोगाउन सकरात्मक विचार आवश्यक रहेको बताए ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट-२०२४’ को उदघाटन समारोहमा मन्त्री सिंहले समाजमा नकारात्मक कुरामा बढी समय खेर फालिरहेको बताए ।उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए ।

उनले नेपालमा पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिक नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको जमानामा आफूमा भएको सिप आदनप्रदान गर्न सक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उनले भने ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap