प्रहरीमाथि डिउटीमै आक्रमण गर्ने युवक पक्राउ


लेखक : सुन्दराञ्चल      माघ ३०, २०८१ मा प्रकाशित     
प्रहरीमाथि डिउटीमै आक्रमण गर्ने युवक पक्राउ

धनगढीमा माघ ३० , मंगलबार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ । राति करीब सवा ८ बजेतिर ट्राफिक चौराहमा हरहर महादेव भन्दै हातमा चक्कु लिएर सडकमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनलाई नियन्त्रणमा लिन खोज्दा क्रममा प्रहरीमाथि ती युवकले चक्कु प्रहार गर्ने प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतकाअनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् । भिडियोमा भारतीय नागरिक भनिएपनि उनी नेपाली भएको खुलेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ती युवक मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap