प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ.


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०८१ मा प्रकाशित     
प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री  चाहिन्छ.

१८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिने बताएका छन् । राप्रपा सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा आोजना गरेको भ्रष्टाचार र कुशासनका विरुद्ध वृहत विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘पटक पटक असफल भएकाहरु प्रधानमन्त्री भइराख्ने व्यवस्थाले अवस्था परिवर्तन हुँदैन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएमा विज्ञहरुको मन्त्रीमण्डल बन्छ । ज्ञान र क्षमता भएका मान्छे ठाउँमा पुगे विकास हुन्छ ।’
उनले भने ‘जनताको अवस्था सुधार गर्न व्यवस्था, परिवर्तन हुनुपर्छ । प्रदेश संरचनाले ठूलो व्ययभार बढेकाले यसलाई खारेज गर्नुपर्छ । प्रदेश संरचनामा हुने खर्च अस्पताल निर्माण, उद्योगधन्दामा लगाउनुपर्छ । जसले रोजगारीको सिर्जना हुन्छ ।’
उनले भने ‘राजनीतिक खिचातानीका कारण देश वर्बाद भइरहेको छ । शिक्षा, स्वास्थ्यको गुणस्तरमा सुधार ल्याउनुपर्छ । युवा रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य छन् । रोजगारीमा सरकारको ध्यान जानुपर्छ ।’ उनले मन्त्री प्रधानमन्त्री बदलेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले राष्ट्रियसभामा पनि विज्ञताका आधारमा सांसद राख्नुपर्ने बताए

No description available.No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap