प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप दिन प्रतिदिन बढ्दै,


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०७९ मा प्रकाशित     
प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप दिन प्रतिदिन बढ्दै,

धनगढी, २२ वैशाख । आशान्न वैशाख ३० गते स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप दिन प्रतिदिन बढ्न थालेको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिए ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवा कैलालीको लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेलधुरा पुगेकी छिन् । कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले चुनावी तालमेल गरेका छन् ।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन । नेकपा एमालेलगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन् । पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेल प्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap