प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान


लेखक : सुन्दराञ्चल      माघ २४, २०७८ मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं माघ२४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज ९सोमबार० दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ । आजको बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न दबाब बढाएको छ । आयोगले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर जेठ ४ मा निर्वाचन गर्न परामर्श दिएका थिए । भेटमा उनले मन्त्रिपरिषद्को अबको बैठकबाट निर्वाचन मिति घोषणा गर्ने जानकारी दिएका थिए ।

प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० बारे साझा धारणा बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार छलफल गरेका थिए ।

स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ पहिलो हप्ता सकिँदैछ । सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ । वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने शीतल निवास पुगेको समयमा समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । नेपाल बार एशोसिएशनले पनि नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुन समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ । बारले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीतमात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने बताएको थियो ।

ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन् । चर्को दबाब पछि सत्ता गठबन्धनको बैठकले जेठभित्रै चुनाव गर्न सहमति जनाएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap