प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाए,


लेखक : सुन्दराञ्चल      जेष्ठ ३१, २०८० मा प्रकाशित     
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाए,

बुधबार, ३१ जेठ,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे ।

सदन एकले अर्कालाई अपमानित गर्ने थलोको रूपमा परिणत हुँदै गएकोमा प्रधानमन्त्री प्रचण्डले आपत्ति समेत जनाए । अहिले व्यवस्था उल्टाउने कसरत दक्षिणपन्थी तप्काबाट भइरहेको भन्दै प्रचण्डले आफूले देश जनताको पक्षमा काम गरेको उनीहरुले नरुचाएको बताए ।
सरकारले गरेको कामको परिणाम केही दिनमा देखिने भन्दै प्रचण्डले सरकारले गरेको राम्रो कामको स्वामित्व ग्रहण गर्ने र त्यसलाई व्यवस्थित प्रचार गर्न पार्टी कमिटीहरू चुकेको बताए । अबका दिनमा पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रचण्डले डि. आर. पौडेल बिचारमा प्रष्ट र कुशल संगठक रहेको भन्दै उनको अभाव पार्टीलाई खड्किरहेको बताए ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap