प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए,


लेखक : सुन्दराञ्चल      पुस २५, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए,

पुष २५ गते   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको पनि उनले बताए ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताएका हुन् ।

उनले यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताए ।

यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको उनले बताए । अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै प्रचण्डले त्यसका लागि पनि छलफल भइरहेको बताए । अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap