१५ चैत, । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।