प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै गृह जिल्लाबाट काठमाडौं फर्किने


लेखक : सुन्दराञ्चल      बैशाख २७, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री देउवा मतदान गरेर मात्रै गृह जिल्लाबाट काठमाडौं फर्किने

 काठमाडौं २७ वैशाख,  । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने भएका छन् ।

चुनावी सभामा सहभागी हुन देउवा अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

‘प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजक गोविन्द परियारले भने ।

उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap