प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दै


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दै

१७ चैत,  प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज लाओससँग फाइनल खेल खेल्दैछ । फाइनल खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

फिफा मान्यता प्राप्त मैत्रीपूर्ण खेलको अवधी सकिएकाले आज हुने नेपाल र लाओसबीचको फाइनल खेल अनौपचारिक हुनेछ । एउटा फिफा मितिमा दुई वटा मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न पाउने नियम अनुसार आजको खेल औपचारिक नहुने भएको हो ।

आजको खेल र खेलाडीले कुनै अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । फाइनल खेलले फिफा वरीयतामा पनि कुनै असर गर्ने छैन ।

यद्यपि दुवै टोलीले यस खेललाई महत्वका साथ लिएका छन् । फाइनललाई फाइनलकै रुपमा लिँदै उपाधि जित्नका लागि खेल्ने दुवै टिमका कप्तान र प्रशिक्षकले बताइसकेका छन् ।

भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका हुन् । नेपालले पहिलो खेलमै लाओसलाई २–० ले पराजित गरेको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो । लाओसले भने भुटानलाई २–१ ले पराजित गरेको थियो ।

पछिल्लो समय राष्ट्रिय टिमबाट खेल्ने अधिकांश खेलाडीहरु विदेशिँदा नेपाली टोलीमा अहिले नयाँ खेलाडीहरुको बाहुल्य छ । त्यसैले नेपालका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस आफ्नो पहिलो प्रतियोगितामै उपाधि जितेर सुखद सुरुवात गर्ने सोचमा छन् । कप्तान किरण कुमार लिम्बु, रोहित चन्द, अनन्त तामाङ, नवयुग श्रेष्ठ र भरत खवास मात्रै अनुभवी खेलाडीको रुपमा छन् ।

अन्जन भुटान विरुद्धको खेलमा घाइते भएपछि दोस्रो हाफमा मैदान छाडेका थिए । उनले फाइनल खेल्ने सम्भावना कम छ । यस्तै पुजन उपरकोटी दोहोरो पहेँलो कार्डका कारण फाइनलमा खेल्ने छैनन् ।

६ नयाँ खेलाडीलाई टिममा राखेका एनेसले पहिलो खेलमै चार खेलाडी सनिश श्रेष्ठ, मणि कुमार लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठलाई डेब्यु गराइसकेका छन् ।

पहिलो पटक टिममा परेका गोलकिपर अभिषेक बराल र डिफेण्डर पदम भट्टराईले भने यस पटक डेब्यु गर्न पाएनन् ।  अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap