प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०७९ मा प्रकाशित     
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्। विराटनगर महानगरपालिकामा गठबन्धनबाट काँग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् ।

चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।काँग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो ।

काँग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ । चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता  प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap