५ वैशाख, सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’
उनले ५ दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताए ।