शिक्षकको मेलमिलाप र एककताकालागि फुटसल, १६ विद्यालयका १सय २८ शिक्षक प्रतियोगितामा सहभागि


लेखक : सुन्दराञ्चल      अशोज २७, २०८० मा प्रकाशित     
शिक्षकको मेलमिलाप र एककताकालागि फुटसल, १६ विद्यालयका १सय २८ शिक्षक प्रतियोगितामा सहभागि

डायनामिक टिचर क्लवको आयोजनामा शिक्षकको मेलमिलाप र एककताकालागि धनगढी नगर स्तरीयय शिक्षक फुटसल प्रतियोगिता धनगढीमा सुरु भएको छ । उक्त फुटसल प्रतियोगितामा १६ वटा विद्यालयका १ सय २८ शिक्षकहरुको सहभागिता रहेको छ । सारदा मावि ,वाल्मिकि इन्टर नेस्नल स्कुल , एश्वर्य विद्या निकेतन , शुभकामना बोडिङ ,एरिष्टो बोडिङ, राष्ट्रिय मावि पुनर्बास ,मणिपाल स्कुल , दहल स्कुल , डिस्कभरी स्कुल ,दुर्गालक्ष्मि दहल , लगाएत सहभागि भएकाछन् ।

उक्त प्रतियोगितालाई एसपीए कलेज ,शैलश्वरी पुस्तक पसल ,अवस्थी ग्रुपले प्रायोजन गरेको प्रतियागिताका संयोजक जगदिश जोशीले बताउनुभयो । प्रतियोगितामा प्रथम स्थानले नगद पन्ध्र हजार मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । द्धितीयले दश हजार र मेडल प्रमाणपत्र , तृतीयले पाँचहजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडिलाई एक हजार नगद मेडल र प्रमाणपत्र प्रदान गर्ने संयोजक जोशीले बताउनु भयो । सोह्र टिममा आठ ,आठ जना शिक्षक सहभागि हुने समेत आयोजकले जनाएको छ । आइतबार धनगढी चटकपुमा रहेको डल्लुज फुटसलमा सुरुभएको उक्त प्रतियोगिताको समापन खेल सोमबार हने बताईएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap