प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित,


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०८० मा प्रकाशित     
प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित,

 बैशाख ८ । प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित बनेको छ ।

काठमाडौंमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरु ढीलो भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।

आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरु ढिलो भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap