प्रचण्डको गलामा माला बढेको बढ्यै ? तर पार्टीको तौल घटेको घट्यै, ?


लेखक : सुन्दराञ्चल      मंसिर १३, २०७९ मा प्रकाशित     
प्रचण्डको गलामा माला बढेको बढ्यै ? तर पार्टीको तौल घटेको घट्यै, ?

१३ मंसिर, काठमाडौं । चुनावमा नेताहरुका विर्सनै नसकिने मुखाकृति देखिए । माला खादाले अनुहारसम्मै ढाकेको तस्वीर उनीहरुले सगौरव आफ्ना आधिकारिक समाजिक सञ्जालमार्फत पोष्टिए ।

त्यसलाई उनीहरु जनताले मान दिएको र जनतमत आफ्नै पक्षमा रहेको देखाएर चुनाव प्रभावित पार्ने कोसिस गरे ।

तर, यो क्रम चुनाव सकिएपछि पनि रोकिएको छैन । हारेका त हारेका भैहाले । जितेकाहरु मतदातालाई धन्यवाद टक्र्याउने नाममा फेरि गाउँघरतिर माला र खादै थाप्दै छन् । शैली उही छ– अनुहार नै छोपिनेगरी मालाको भारी बोक्ने ।

यस्तोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि अगाडि नै छन् । फराकिलो अन्तरले चुनाव जितेर कीर्तिमान बनाउने लक्ष्य लिएर गोरखामा चुनाव लड्न पुगेका प्रचण्डले चुनावी दौरानका क्रममा अनुहार नै छोपिने गरि मालाको भारी बोके ।

प्रचण्डले चुनाव जिते तर लक्ष्य अनुसारको मत पाएनन् । उनको  पार्टीले अनुमान गरेजति सिट जित्न सकेन, समानुपातिक मत पनि घटेको छ । २०७४ सालको चुनावको तुलनामा माओवादीकाे सिट घटेको छ । तर प्रचण्डले खादा र माला लगाउने क्रम चुनावपछि पनि रोकिएको छैन ।

अझ भनौं संसदमा माओवादीको तौल घटेको छ तर प्रचण्डले लगाउने माला र खादाको तौल बढेको बढ्यै छ ।

खुमलटारमै पुगेर कार्यकर्ता र शुभचिन्तकले लगाइदिएको मालाखादाले प्रचण्ड छपक्कै छोपिए । माला खादा लगाइदिनेले तस्वीर पनि खिचेर सार्वजनिक गरिरहेका छन् ।

तर आफ्ना नेताको गलामा नसुहाउँदा माला खादा देखेपछि सबारे माओवादी नेताहरुले नै टिप्पणी गरे । माओवादी नेता लेखनाथ न्यौपानेले चुनाव हारेको पार्टीका अध्यक्षले यस्तो तामझाम गर्न नसुहाउने भन्दै समाजिक सजालमार्फत नै रोक्न सुझाव दिए।

‘चुनाव जितेका अरुले अलिअलि तामझाम गरेको ठिकै मान्न सकिएला तर अध्यक्ष कमरेडले त्यसो गर्न हुँदैन र सुहाउँदैन पनि,’ न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘त्यसकारण भेटघाट र बधाई दिन आउने नेता÷कार्यकर्तालाई फूल, माला, खादा बिना आउन भन्नुपर्ने भयो ।’

उम्मेदवारी दिएका अधिकांले हारेको र लोकप्रिय मत समेत घटेको भन्दै न्यौपानेले थामिनसक्नु मालाखादासहित बधाई खाने कुरा नैतिकरुपमा समेत नमिल्ने टिप्पणी गरेका छन् । ‘अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ सिटमा मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरुले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु मालाखादासहित बधाई खाने कुराले भौतिक–नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन,’ उनले भनेका छन् ।

चौतर्फी आलोचना हुन थालेपछि प्रचण्डको सचिवालयले सूचना नै जारी गर्दै खादा माला र समयको बर्बादी नगरी केही सुझाव भए इमेलमा पठाउन आग्रह गरेको छ ।

‘बधाई र शुभकामनाको नाममा खादामाला र समयको बर्बादी नगरी केही सुझाव भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजी सचिवालयको इमेलमा पठाई सहयोग गरिदिनुहोला,’ स्वकीय सचिव रमेश मल्लले जारी गरेको सूचनामा भनिएको छ, ‘आवश्यक छलफल र भेटघाटको लागि भने समय व्यवस्थापन गर्न कोसिस भैरहनेछ ।’ अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap