पुर्व प्रधानमत्री केपी शर्मा ओलीको, संसदमा डेढ घण्टा सम्बोधन


लेखक : सुन्दराञ्चल      असार २०, २०७९ मा प्रकाशित     
पुर्व प्रधानमत्री केपी शर्मा ओलीको, संसदमा  डेढ घण्टा सम्बोधन

२० असार  काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले इनफ इज इनफको नारा लगाएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भएको र निश्चित घरानालाई लाभ हुने गरी करका दरहरु हेरफेर गरेको भन्दै उनले यसबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।

सोमबार संसदलाई डेढ घण्टा लामो सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध अपराध भएको बताए । विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने भन्दै उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला रु त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो ।’

 

अर्थ मन्त्रालयले आइतबार मात्र सीसीटीभी फुटेजको रेकर्ड १३ दिन मात्र रहन्छ भनेकोमा पनि उनले प्रश्न गरे । उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो रु कसको आदेशमा रु किन रु कसले भनेको थियो १३ दिनमा डिलिट गर्न रु’

यो बेथितीलाई स्वीकार गर्न नसकिने भन्दै उनले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरे । यस्तो समितिलाई छाटो समय दिनुपर्ने र त्यसका आधारमा दोषीलाई कारबाही गरेर देशलाई थितिमा ल्याउनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

 

उनले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०का सम्बन्धमा कहिले के भयो भन्ने संसदलाई जानकारी दिन समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले भने, एसपीपीका सम्बन्धमा सत्यतथ्य के हो रु सम्माननीय प्रधानमन्त्रीज्यूले यस गरिमामय सदनलाई दिन दिनांक, कसको हस्ताक्षर रु कसको निर्णय रु कसले सम्प्रेषित गर्‍यो रु सबै जानकारी दिनुपर्‍यो ।’

आफू प्रधानमन्त्री हुँदा कांग्रेसकै सांसदले इनफ इज इनफ भनेर संसदमा भनेको स्मरण गर्दै ओलीले सम्बोधनको अन्त्यमा भने, इनफ एज इनफ त्यो बेला होइन, यो चाहिँ हो । इनफ इज इनफ । इट्स नट टोलरेबल ९यो सैह्य छैन० ।’

ओली प्रधानमन्त्री भएको बेला कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह नगरेको र औषधि खरिदमा अनियमितता भएको भन्दै सडकमा युवाहरुले इनफ इज इनफको नारा लगाएका थिए । त्यही नारालाई संसदमा पुर्‍याउँदै कांग्रेस सांसद राजेन्द्र केसीले जनता भोकै मर्न थालेको र क्यारन्टिन समेत असुरक्षित भएको भन्दै भनेका थिए, ‘इनफ इज इनफ, अब जनता सडकमा आइसके ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap