पहिरोबाट निस्किए चमकदार ढुङ्गा, अनुसन्धान हुनुपर्ने स्थानीयको माग


लेखक : सुन्दराञ्चल      अशोज १०, २०८१ मा प्रकाशित     
पहिरोबाट निस्किए चमकदार ढुङ्गा, अनुसन्धान हुनुपर्ने स्थानीयको माग

आश्विन १०, पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् । आठ इन्च लम्बाइ र चारदेखि १० इन्च गोलाकार डल्लाको दुवैतर्फ चुच्चो रहेको छ । पहिरोबाट निस्केका पारदर्शी डल्ला सिसा, पत्थर वा अन्य के हो ? भन्ने विषयमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग छ ।

पुर्चौडी नगरपालिका–८, लामुनीको कमेरपानीमा २०५२ सालदेखि अहिलेसम्म निरन्तर पहिरो खसिरहेको छ । पहिरोले ४० परिवारको घरखेत बगाइसकेको छ । त्यसयता निरन्तर पहिरो खस्दा ९५ परिवार जोखिममा छन् । पहिराले दुई वटा पहाड नै तहसनहस बनाएको छ । गत वर्षसम्म पहिरोबाट बारुदको जस्तो गन्ध आउँथ्यो । यो वर्ष भने सिसा जस्ता चमकदार डल्ला निस्कन थालेको स्थानीय लोकेश साउदले बताए।
पहिरोले स्थानीय डणपुर, लामुनी, चिमडा, टुणेत, सल्ला, गरखा, पेल्तडी, धन्नासी, न्वाकोटलगायत गाउँ जोखिममा छन् । खानेपानीको मुहान पहिरोले लगेपछि गाउँमा पानीको समस्या छ । दुई वटा नहर बगाउँदा खेत बाँझै छ । पहिरोका कारण स्थानीय केदार मन्दिरसमेत जोखिममा परेको स्थानीय हरिश साउदले बताए ।

यहाँ बर्खामा मात्रै होइन, हिँउदमा समेत पहिरो खस्दा गन्धक जस्तो नराम्रो दुर्गन्ध आउँछ । यो वर्ष भने सिसा जस्ता चमकदार पारदर्शी डल्ला निस्कन थालेपछि स्थानीयले खोज अनुसन्धानको माग गरेका छन् । भूगर्भ विभागले यसअघि पुर्चौडी नगरपालिका क्षेत्रमा फलाम खानी र कृषि मलमा प्रयोग हुने फस्फोराइट जस्ता खानी पत्ता लगाइसकेको छ ।

लामुनीको पहिरोमा पनि महत्वपूर्ण खनिज वा अन्य खानी हुन सक्ने स्थानीयले बताएका छन् । भूगर्भविद्ले पहिरोको अनुसन्धान गर्ने हो भने कमरेपानीको पहिरोमा बहुमूल्य धातु वा पत्थर फेला पर्न सक्ने स्थानीयको भनाइ छ । कमेरपानीको पहिरोबाट बर्खामा लेदो बग्ने गरेको छ भने हिउँदमा सफा पानी देखिए पनि त्यसमा फिँज आउने गरेको छ ।

पहिरो खस्दा दुर्गन्ध आउने, पानीमा फिँज तस्तो पदार्थ देखिने र अहिले चमकदार डल्लो फेला परेको विषयमा नास्टका वैज्ञानिक डा। भोजराज पन्तले खानी तथा भूगर्भ विभागको टोलीलाई स्थानीय तहले खोज अनुसन्धानका लागि माग गर्नुपर्ने बताउनुभयो । खानी नै पत्ता लागेको खण्डमा पहिरोले निम्त्याएको दुर्भाग्य भोलि सौभाग्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap