पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली


लेखक : सुन्दराञ्चल      माघ ५, २०७९ मा प्रकाशित     
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली

काठमाडौं ५ माघ,।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ,  खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम  र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

यसपटक हिउँद सुरु भएदेखि अहिलेसम्म पानी परेको छैन । पहाडी क्षेत्रमा आकाशे पानीको भरमा खेती लगाएका किसानहरू चिन्तित छन् । उनीहरूले वर्षा पर्खिरहेका छन् ।

आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । जसका कारण तराईको जनजीवन प्रभावित भएको छ । हुस्सु र कुहिरोले सडक र हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap