पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०७८ मा प्रकाशित     
पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय

१५ चैत,  गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्।सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झै–झगडा हामीले सिद्ध्यायौँ। अब केही बाँकी छैन। त्यतातिर नजाऔँ।’

आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। ‘हामी सबै बसेर सँगै काम गर्दा मज्जा आउँछ,’ आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, दुई भाइ भएर काम गर्नेछौँ।’ संघभित्र आइपर्ने चुनौतीलाई समाधन गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।

नयाँ निर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ। आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए।

‘जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ । पशुपति नाथको आशीर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ,’ आचार्यले भने।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap