पशुपतिमा साउनको अन्तिम सोमबार


लेखक : सुन्दराञ्चल      साउन २८, २०८१ मा प्रकाशित     
पशुपतिमा साउनको अन्तिम सोमबार

२८ साउन, काठमाडौं ,  आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् ।साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।पशुपतिनाथ मन्दिरमा पूजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रुका लागि बिहानैदेखि सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन,  स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्था मिलाइएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap