पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु,


लेखक : सुन्दराञ्चल      असार ८, २०८० मा प्रकाशित     
पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु,

पोखरा, ८ असार, । पर्यटकीय नगरी पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । मन्त्री किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो महोत्सवले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको बताए ।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी १६० जनाको सहभागिता छ । प्रतियोगितामा प्रयोग गरिने बोटलगायतका सामग्री चीनबाट ल्याइएको थियो ।

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपछि आयोजना गरिएको यो फेस्टिभलले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap