परेन एमसिसी प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा


लेखक : सुन्दराञ्चल      माघ २५, २०७८ मा प्रकाशित     
परेन एमसिसी प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा

काठमाडौं  माघ २५ संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सार्वजनिक भएको सम्भावित कार्यसूचीमा एमसिसी अनुमोदनका लागि पेस गर्ने विषय उल्लेख छैन ।

बुधबारको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्व सांसद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने मात्रै उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । उक्त बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदनका लागि टेबल गर्ने तयारी गरे पनि सम्भावित कार्यसूचीमा राखिएको छैन ।

प्रधानमन्त्री देउवाले एमसिसी पारित गराउन चाहेको भए तापनि सत्ता साझेदार दलहरू एकीकृत समाजवादी र नेकपा माओवादी तयार छैनन् । माओवादी केन्द्रले यथास्थितिमा एमसिसी संसदमा पेस नहुने बताएको छ भने एकीकृत समाजवादी पार्टी मौन छ । यता जसपा एमसिसी पारित गर्नुपर्ने पक्षमा छ भने राष्ट्रिय जनमोर्चाले खारेज गर्नुपर्ने धारणा राख्दै आएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap