परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा


लेखक : सुन्दराञ्चल      मंसिर ७, २०७९ मा प्रकाशित     
परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा

मंसिर ७, परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा ९सप्लिमेन्ट्री० को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०० पुर्याएको विद्यार्थीहरूको आरोप छ । आईओएमले कुनै जानकारीबिनै शुल्क बढाएपछि चिकित्सा शिक्षा संघर्ष अभियानको संयोजनमा आन्दोलन थालिएको हो ।

अभियानमा महासचिव सौगात पाण्डेले परीक्षा शुल्क बढाएको विरोधमा डीनको कार्यालय अगाडि धर्ना दिन थालिएको बताए । आफूहरूले शुल्क नबढाउन डीनको कार्यालयलाई जानकारी गराउँदै गराउँदै मागको बेवास्ता गर्दै शुल्क बढाएको उनको आरोप छ ।

शुल्क बढाएको विरोधमा विद्यार्थीहरूले आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो ।

त्यस्तै विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई कलेज तथा डीन कार्यालयले कार्यान्वयन गर्ने र कलेजहरूले परीक्षा शुल्क काटेको रकमबाट सम्पूर्ण खर्च कलेजले नै ब्यहोरेर सञ्चालन गर्ने निर्णय गरेको थियो । आगामी दिनमा डीन कार्यालय र कलेजहरूले वैज्ञानिक रूपमा परीक्षा शुल्क अध्ययन गरी सो बढाउन÷घटाउनुपर्ने भएमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरेको थियो ।
डीनको कार्यालयले जारी गरेको उक्त सूचनाले स्पष्ट जानकारी प्रदान नगरी विद्यार्थीको आवाजलाई मत्थर पार्ने काम भएको विद्यार्थीहरूको आरोप छ ।

आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय मात्र नभइ अन्य विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले समेत मनोमानी शुल्क लिइरहेको उनको भनाई छ । रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap