परिवारलाई ५ लाख क्षतिपूर्ति दिने सहमति,मालाखेती अस्पतालमा


लेखक : सुन्दराञ्चल      चैत्र ३०, २०७९ मा प्रकाशित     
परिवारलाई ५ लाख क्षतिपूर्ति दिने सहमति,मालाखेती अस्पतालमा

धनगढी- चैत ३०, कैलालीको मालाखेती अस्पतालमा नवजात शिशुसहित मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने सहमति भएको छ।

मृतक सुत्केरी लक्ष्मी भटराईको परिवारलाई पाँच लाख रुपैयाँ, एक सन्तानलाई आवससहितको माध्यामिक शिक्षासम्मको अध्यापन तथा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने सहमति भएको छानबिन समितिका संयोजक शिवराज जोशीले बताए।

अत्तरियामा रहेको मालाखेती अस्पतालमा सुत्केरी महिलाको सोमवार मृत्यु भएको थियो। चिकित्सकको लापरबाहीले शिशुसहित सुत्केरीको मृत्यु भएको पीडित परिवार आन्दोलनमा थिए। बुधवार पीडित परिवार, प्रहरी, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिले उक्त सहमति गरेको हो।

जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा सेती प्रादेशीक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य छन्।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap