धनगढी मंसिर २५, सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी कायम भएको छ । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी तथा महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवार बनेका छ्न ।सचिवमा धनराज साउद र भुवनेश्वरप्रसाद बोहराको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका शैलेन्द्र रोकायाले उम्मेदवारी फिर्ता लिएका छ्न ।
त्यस्तै,सचिव समावेशीमा इन्द्राकुमारी केसी र मुकेश टेर्राको उम्मेदवारी कायम भएको छ । सचिवमा उम्मेदवारी दिएका रमेश परियारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यमा अर्जुनबहादुर सिंह,केशवदत्त भट्ट, कृतबहादुर विष्ट, दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट,रमेशकुमार केसी र सुभाष कठायत उम्मेदवारी कायम भएको छ । यसाघि ३ महिला सदस्य, १ दलित सदस्य , २ जनजाति सदस्य, १ मधेसी सदस्य र १ अल्पसङ्ख्यक/ अपांग गरि ८ जना निर्विरोध निर्वाचित भइकएका छ्न ।
