पत्रकारलाई धम्क्याउने कार्य बन्द गर : महासंघ


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०८१ मा प्रकाशित     
पत्रकारलाई धम्क्याउने कार्य बन्द गर : महासंघ

धनगढी १२ फागुन , पश्चिम टुडे मिडियामा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकको लेखलाई लिएर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका समर्थकहरुले धम्क्याएको घट्नामा नेपाल पत्रकार महासंघले बिरोध गरेको छ ।

नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टले आईतवार बिज्ञप्ति जारी गर्दै उपाध्यायलाई मेयर हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्की दिएको घट्नाको निन्दा गर्दै दोषी उपर कारबाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।

कुनैपनि समाचार र लेखका बारेमा चित्त नबुझेमा कानूनी उपचारका थुप्रै उपायहरु हुदाहुदै पत्रकारलाई धम्क्याउने कार्यप्रति पत्रकार महासंघ निन्दा गर्दछ, महासंघको सुदूर पश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट र महासंघ कैलालीका सचिव तेजराज भट्टद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, त्यसैले धम्क्याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई पत्रकार उपाध्याय र परिवारका सदस्यहरुको सुरक्षाका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।

उपाध्यायद्धारा धनगढीका नागरिकहरुका तर्फबाट आएका गुनासाहरुको उठान गर्दै पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा २०८१ फागुन ५ गते सोमवार ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ शीर्षकमा र मिति २०८१ फागुन ६ गते मंगलवार पश्चिम टुडे राष्ट्रिय दैनिकमा प्रकाशित ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ र ‘मेयरले हाम्रो घाटी निमोठे विस्थापितहरु भन्छन्,बाँच्न गाह्रो भयो, वीष खान पैसा छैन’ शीर्षकमा र सोही दिन पश्चिम टुडे डटकम अनलाईन न्यूज पोर्टलमा ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता भाग २’ शीर्षकमा समाचार लेखेका थिए ।

विकासका नाममा मुआब्जा बिना नै विस्थापित भएका र हमालको नीति र प्रतिशोधबाट प्रभावित ११ हजार भन्दा व्यक्तिले ‘धनगढीको उज्यालो : भ्रम र वास्तविकता’ पहिलो भाग र ५ हजार हजार भन्दा बढि व्यक्तिले दोस्रो भाग सामाजिक सञ्जालमा शेयर गरेका थिए । दुई भाग प्रकाशित भएपछि हमालका समर्थकहरुले सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा धम्क्याएको भन्दै पत्रकार उपाध्यायले सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली, सुदूर पश्चिम प्रदेश समिति र केन्द्रीय समितिमा निवेदन दिएका थिए ।उपाध्यायले लेखमार्फत उठाईएका जनताका आवाजलाई सम्बोधन गर्नुको साटो आफूले नबोलेको र आफू संलग्न नभएको विषय उठाएर हमाल पञ्छिएको भन्दै आपत्ती जनाए ।उपाध्यायले हमाललाई आरोप प्रमाणित गर्न चुनौती दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap