पढ्ने बेला ढुंगा कुँदायो रामा शर्मा …?


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०७८ मा प्रकाशित     
पढ्ने बेला ढुंगा कुँदायो रामा शर्मा …?

चैत्र ११ जनकपुरधाम  केही दिनअघि अघिको कुरा हो म हिँड्दाहिँड्दै जनकपुर स्थित बसहिया गाउँको एउटा चौरमा पुगेको थिएँ।कानमा एयरफोन ठोसेर नजाने उनी कुन गीत सुनिरहेका थिए। उनीसँगै दुई घोडा पनि हिँडिरहेका थिए। घोडाले लोहोरो(सिलौटो र जाँतोको भारी बोकेका थिए। उनी पनि चौरमा सुस्ताए।मैले सोधेँ कहाँ हिँड्नुभएको ।

‘थाहा छैन, आज कहाँसम्म पुग्छु,’ उनले भने, ‘घर फर्किन्छु कि फर्किन्न। फर्के पनि खै कति बेला फर्किन्छु,’ उनले भने।उनी आफूले बनाएका लोहोरो सिलौटो घोडालाई बोकाएर बेच्न हिँडेका रहेछन्।आजका लागि तयार सामान कति बिक्री होला, सबै घरै फर्काउनु पर्ने हो कि१ यो पनि अनिश्चित नै हुन्छ,’ उनले भने।उनी रहेछन्, महोत्तरीको जलेश्वर नगरपालिका–२ का रामा शर्मा।

उनले आँपगाछि मूनि एकैछिन सुस्ताएपछि घोडालाई पानी खुवाए। १६ वर्षीय रामाका सम्पत्ति कि त यी घोडा हुन् कि आफ्ना दुई हात।चारवर्षदेखि उनको दैनिकी कहिले ढुंगा कुदेर सुरु हुन्छ कहिले भने तिनै ढुंगा कुदेर बनाएका लोहोरो सिलौटा घोडामा लोड गरेर।

एकदिन उनी बिहानैदेखि दिनभर ढुंगा कुँद्छन्। एउटा ढुंगालाई छेनी र हथौडाले तीन टुक्रा बनाउँछन्। त्यसबाट एक जोर लोहोरो–सिलौटो र एक जोर जाँतो बनाउँछन्। सिलौटो र जाँतोमा आकर्षक बुट्टा पनि बनाउँछन्।

हथौडा चलाउँदा चलाउँदै रामाको शरीर पसिनाले निथ्रुक्कै भिज्छ। हातमा फोका आउँछ, फुट्छ र दुख्छ पनि। यसो भनेर काम रोक्ने सुविधा उनलाई छैन।ढुंगाको यही कामबाट उनको गुजारा जो चलेको छ।

यी सामान बेच्न हिँड्ने दिन बिहान सात बजेपछि उनी तयारी लोहोरो–सिलोटो र जाँतो घोडामा बोझाएर निस्किन्छन्। कहिले छिटै बिक्रि हुन्छ कहिले बिक्रि नभएर उनी टाढाटाढा पुग्छन्।

लोहोरो–सिलौटो र जाँतो बनाएर बेच्नु रामाको पुस्तौनी पेसा हो ।रामाका बाजे गाधामा सामान बोझाएर गाउँ डुल्थे। बाजेले आठ वटा गधा पालेका थिए। उनी वृद्ध भए, अहिले ढुंगा कुँद्ने काम गर्दैनन्। रामा भने घोडा लिएर डुल्छन्। उनले सात वटा घोडा पालेका छन्।

उनका बुबा र काकाले पनि पहिले गाधा नै पालेका थिए। उनीहरू पनि अचेल घोडा पाल्छन्। रामा बाबुसँग छुट्टिएर काकासँग बसेका छन्। काकाको परिवारसँग मिलेर ढुंगाको काम गर्छन्। उनीहरूको आफ्नो जग्गा छैन, भाडा तिर्छन्।

उनका अनुसार लोहोरो–सिलौटो र जाँतो बोकाउने एउटा घोडा दुई हजारदेखि १० हजार रुपैँयासम्ममा किनबेच हुन्छ।

‘तिनको स्याहारसुसार र पालनपोषणमा पनि निकै खर्च हुन्छ,’ उनले भने, ‘घोडाले घाँस धेरै खाँदैन, गुन्डा ९धानको मसिनो भुस० बढी खान्छ। आजकाल गुन्डा १२ रुपैँया किलो किन्नु पर्छ।’

पुस्तौनी, पारिवारिक पेसा भएकाले रामाले सानै उमेरमा काम सिके तर उनलाई जीवन यही पेसाले जीवन चल्ला जस्तो लागेको छैन।

आजकाल हरेक गाउँमा मिल छ। सबैका घरमा मसला पिस्ने आधुनिक मेसिन छ। ‘बाजेका पालमा राम्रै आम्दानी हुन्थ्यो तर अहिले खानपिन गरेर बराबर हुन्छ,’ रामा भन्छन्, ‘आजकाल सिलौटो र जाँतो कसले किन्छ र१ सबै मिलमा जान्छन्।’

 

रामा भारतको ढुंगा चलाउँछन्। राजस्थानबाट आएका एकै आकारका ढुंगा भारतको सीमा बजार भिठामोडबाट किनेर ल्याउँछन्। त्यहाँ ढुंगाको गोदाम छ। घोडालाई नै बोकाएर ल्याउँछन्। एउटा ढुंगालाई भारु १५ सय पर्छ। भन्सार पनि तिर्नुपर्छ। एउटा ढुंगाबाट एक जोर लोहोरो–सिलौटो र एक जोर जाँतो बन्छ।

‘ढुंगा महँगो छ, धेरै महँगो भए गाउँमा बिक्री नै हुँदैन। एक जोर लोहोरो–सिलौटो र एक जोर जाँतो बनाउन एक जनालाई तीन दिन लाग्छ,’ रामा भन्छन्, ‘एक जोडा जाँतो २२ सयदेखि २५ सय रुपैँयासम्ममा गाउँमा बिक्री हुन्छ । एउटा सिलौटो आठ सयमा बेच्छु।’

रामाको हिसाब अनुसार एउटा ढुंगामा तीन दिन काम गरेर बढीमा एक हजार ८०० रुपैयाँ आउँछ । सबै खर्च यसैबाट गर्नुपर्छ। उनी केही दिन सामान तयार गर्छन् र बेच्न हिँड्छन्। एक दिनमा उनले बढीमा पाँच जोर लोहोरो–सिलौटो र पाँच जोर जाँतो बेचेका छन्। भन्छन्, ‘धेरै जसो त तीन–चार जोर बिक्री हुन्छ। कहिलेकाहीँ त सबै फर्काउनुपर्छ।’

लोहोरो–सिलौटो र जाँतो दिनदिनै चाहिने भए पनि लुगाफाटोजस्तो वर्षैपिच्छे किन्नु पर्दैन। ‘बाजेले किनेको जाँतो नातिका पालासम्म चल्छ। परिवारबाट छुट्टिएर जानेले मात्रै किन्छ,’ रामा भन्छन्, ‘आजकाल त मिक्स्चर किन्छन्।’

गाउँमा जाँतोमा दाल र सिलौटोमा मसला पिस्ने परिवारहरू अझै छन्। तिनकै कारणले मात्रै रामा र उनीजस्ता परिवारको पेसा जेनतेन चलेको छ।

विद्युतीय उपकरणको प्रयोग बढ्दै जाँदा लोहोरो–सिलौटो र जाँतो बनाउने पेसा संकटमा पर्दै गएको छ। त्यसैले त रामा यो पुस्तौनी पेसा छाड्न चाहन्छन्।‘यो पेसामा जीवन बिताउन मन पनि छैन। राम्रो काम भेटेँ भने ढुंगाको काम छाड्छु। बिक्री पनि छैन, मिहिनेत गरेअनुसारको फाइदा पनि छैन,’ उनले भने।’कति पढ्नुभएको छ,’ कुरा सकिनै आँटेपछि मैले उनलाई सोधेको थिएँ।

बल्ल उनले आफ्नो ख़ास पीरबारे बताए। त्यों पीर हो( नागरिकता। उनका हजुरबुवासँग अंगीकृत नागरिकता छ। त्यही नागरिकता देखाएर उनका बुवा आफ्नो पनि नागरिकता बनाउन वडा कार्यालय गएका थिए रे। धेरैपटक बुवा नेताहरुलाई भेट्न गएको उनलाई थाहा छ।

तर उनका बुबाको नागरिकता बनेन। किन बनेन उनलाई थाहा छैन। नागरिकता नै नबन्ने भएपछि उनका बुलाई लाग्यो रे( कहिलै आफ्नो नागरिकता बन्ने छैन। आफ्नो नबनेपछि छोराछोरीको पनि बन्ने छैन। छोराछोरी पढेलेखेर भने उनीहरुका सपना ठूला होलान्। नागरिकता नभएपछि उनीहरुले कुनै सपना पुरा गर्न सक्ने छैनन्। बरु गरेर खाने काम सिकाउँछु।

‘छोराको पनि नागरिकता बनेन भने पढेरमात्रै केही हुँदैन दुुस्खमात्र हुन्छ भनेर बुबाले हामीलाई पढाउनुभएन,’ भावुक मुद्रामा रामाले भने,’काम सिक्यौ भने भोली पर्सि पेटपाल्न सकौला, पढेपछि नागरिकता चाहिन्छ जो बन्दैन भन्नुहुन्थ्यो।’

नेपालको संविधानले नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने व्यवस्था गरेको छ। तर यो कुरा उनीहरुलाई थाहा छैन। नागरिकता भनेको के हो उनले सानैमा उति सारो बुझ्दैनथे। आफूलाई पढ्न जान समेत नदिएको त्यो नागरिकता पक्कै ठूलो कुरा होला जस्तो उनलाई लाग्थ्यो। उनले अहिलेसम्म बुझ्न सकेका छैनन् किन उनका हजुरबाले नागरिकता पाए उनका बुवाले पाएनन्।

नागरिकताका कुरा उठेपछि उनी चुपचाप भए। अनि सुस्ताएका उनी उठे।कहाँ पुगिन्छ थाहा छैन म जान्छु,ु उनले भने।सेतोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap