पढाइ संगै स्कुलबाट फर्केपछि गिटी कुट्न खोला किनारमा,


लेखक : सुन्दराञ्चल      असार १३, २०७९ मा प्रकाशित     
पढाइ संगै स्कुलबाट फर्केपछि गिटी कुट्न खोला किनारमा,

१३ असार, डोटी । दिपायलको सिलगढी नगरपालिका–१ की १५ वर्षीया महिमा ९नाम परिवर्तन० स्थानीय गोधरे खोला किनारमा गिट्टी कुट्दै गरेकी भेटिइन् ।

कक्षा १० मा पढ्दै गरेकी उनी गिट्टी कुट्नुलाई ‘टाइम पास’ बताउँछिन् । ‘गाउँमा खेल्ने ठाउँ छैन, न कुनै मनोरञ्जन गर्ने ठाउँ छ, अनि कहाँ जानु रु’ महिमा भन्छिन्, ‘स्कुलबाट आयो नास्ता खायो, आमालाई गिट्टी कुट्न सघायो ।’ उनी आफूले गिट्टी कुटेर दैनिक चाररपाँच सय कमाउने गरेको बताउँछिन् । ‘खाली हल्लिनु भन्दा त परिवारको आम्दानीमा सहयोग हुन्छ’ महिमाको भनाइ छ ।

गिट्टी कुटेर आफ्नो पढाइमा अलि बाधा परेको स्वीकार्दै उनी थप्छिन् ‘पैसा तिरेर अतिरिक्त कक्षा लिन सकिँदैन, आफैंले जति पढे पनि उस्तै हो, बुझिन्न । अनि दिक्क लागेपछि गिट्टी कुट्यो बस्यो ।’ गिट्टी कुट्न सहयोग गरे अभिभावकहरु पनि खुशी हुने उनी बताउँछिन् । विद्यालयबाट फर्केपछि र बिदाको दिन प्रायः खोलामा हतौडासँगै हुन्छिन उनी ।

दिपायल सिलगढी नगरपालिका–३ की २८ वर्षीया वसन्ती साउँदसँगै उनका ८ वर्षीया र ६ वर्षीया दुई छोरीहरु पनि गिट्टी कुट्दै थिए । चार सन्तानकी आमा वसन्ती गिट्टी कुट्न आएपछि बालबालिकाको घरमा हेरचाह गर्ने मान्छे कोही नभएकाले छोरीलाई सँगै ल्याउनु परेको बताउँछिन् ।

‘घरमा एक्लै छोड्यो भने बिगार गर्छन्, झगडा गर्छन्’ वसन्ती भन्छिन् ‘बिग्रिने डरले सँगै ल्याएर आउँछु ।’ उनी थप्छिन् ‘श्रीमान् देश ९भारत० मा हुनुहुन्छ, छोराछोरी कसको भर छोड्नु त घरमा एक्लै रु यता ल्यायो भने यिनिहरुले ढुङ्गा बटुल्ने काम गर्छन्, मैले कुट्छु ।’

सन्तानहरु आफ्नै रेखदेखमा पनि हुने र आम्दानीमा पनि सहयोग हुने उनको भनाइ छ । गोधरे खोलामा ६० जनाभन्दा धेरै बालबालिका कुटिरहेको भेटिन्छन् । प्रायः बालकहरुले गिट्टीका लागि ढुङ्गा बटुल्छन् भने बालिकाहरुले गिट्टी कुट्छन् । कक्षा ६ मा अध्ययनरत एक बालक भन्छन्, ‘बिना काम घुम्नु भन्दा त गिट्टी कुटे दुई पैसा आउँछ भन्छन्, अनि आउनै पर्‍यो ।’

दिपायल सिलगढी नगरपालिका–१ खैरेतोलाकी दुर्गा खड्का बालबालिकालाई अभिभावकहरुले गिट्टी कुट्नमै प्रोत्साहित गरेको बताउँछिन् ।

अलमलिनका लागि पनि बालबालिकाहरु खोलामा आउने गरेको दिपायल सिलगढी नगरपालिका–२ की देबी खड्काले बताइन् ।

 

बालबालिकाहरुलाई गिट्टी कुट्नबाट रोक्न नगरपालिकाले ठोस कार्यक्रम ल्याउनु पर्ने वताउँछन् दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का ।

उनले भने, ‘गिट्टी कुट्ने बालबालिकाहरु र तिनका अभिभावकसँग छलफल गर्दा बाल उद्यान र कोचिङ्ग कक्षाको व्यवस्था गर्नु पर्ने माग आएको छ, म यस विषयमा नगर कार्यपालिकाको बैठकमा कुरा राख्छु ।’ उनले अभिभावक चेतना बढाउनु पर्ने र वयस्कहरुलाई पनि गिट्टी कुट्दा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी दिनु पर्ने बताए ।

बालश्रमुक्त नगर बनाउनका लागि गिट्टी कुट्ने बालबालिकाहरुको व्यवस्थापन आवश्यक देखिएको नगरपालिकाका उपप्रमुख कलावती साउँद बताउँछिन् ।

बालश्रममुक्त नगर बनाउने अभियानमा रहेको दिपायल सिलगढी नगरपालिकाका लागि गिट्टी कुट्ने बालबालिकाहरु चुनौती बनेका छन् ।

नगरपालिकाको १, ३, ४ र ५ नं। वडाहरुमा गिट्टी कुट्ने बालबालिका रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशी वताउँछन् । ‘गिट्टीसँगै औँला पनि कुटिएका छन् कतिपय बालबालिकाहरुका’ जोशी भन्छन् ‘औँलामा पट्टि बाँधेर भए पनि उनीहरु कुटेकै हुन्छन् ।’

उनले गिट्टी कुट्न मात्र हैन होटलमा र घरमा बालश्रमिक राख्ने गरेको पनि पाइएको बताए ।

‘हामीले होटल र घरेलु काममा रहेका बालश्रमिकहरुको उद्धार गरेर विद्यालय भर्ना गर्ने काम गरेका थियौं’ जोशीले भने ‘आफूलाई समाजका अगुवा हुँ भन्ने केही अटेर व्यक्तिहरुले फेरि बालश्रमिक राखेको पाइएको छ, उनीहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रक्रियामा जान्छौं ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap